Sajhamanch Archive

पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने शिवसताक्षी नगरपालिकाले जनाएको हो ।

नगरपालिकाले उक्त बाटो कालो पत्रे गर्न चालु वर्षको नगर स्तरीय बजेटबाट ६ करोड विनियोजन गरेको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले जानकारी दिए । उनले दैनिक जसो हजारौको संख्यामा पर्यटक आउने दोमुखामा बाटो राम्रो नभएको जनगुनासो बढेपछि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर बाटो निर्माण गर्न लागेको बताए । उनले भने, दोमुखा सडक निर्माणका लागि प्रदेश तथा केन्द्र सरकारसँग पनि पटक पटक पहल गर्दा सुनुवाई नभएपछि नगरपालिकाले आफै निमार्ण गर्न लागेको हो ।

नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रुपमा पनि यो सडकलाई राखेका थिए । आफु नगरप्रमुख भए लगत्तै उक्त सडक कालो पत्रे गरेर जनतासँग गरेको बाचा पुरा गर्ने भएका छन् ।
हाल सडक निमार्णको टेन्डर आवाहन गरिएको छ । पौषको दोस्रो सातासम्ममा ठेक्का फाइनल भएर अन्तिम साताबाट सडक निर्माणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

उक्त सडक ७ मिटर चौडाको बन्ने छ । जसमा दुई ओटा बक्स कल्र्भड र दुई ओटा कजवे निर्माण गरिने बताएको छ ।
चुरे पहाडको फेदीमा रहेको दोमुखा पर्यटकीय स्थल करिब ४ विगाह क्षेत्रफलमा रहेको छ । झापाको पुरानो पर्यटकीय स्थलको रुपमा परिचित दोमुखामा यतिबेला पिकनीक, भिडियो सुटिङ्ग लगायतका लागि आन्तरीक तथा बाह्यि पर्यटकीहरुको घुइचो लाग्ने गर्दछ । पुर्व पश्चिम राजमार्गको माइधारबाट उत्तर उक्त पर्यटकीय क्षेत्र जाने बाटो बसौंदेखि नबन्दा त्यहाँ जाने पर्यटकहरुले सास्ती भोग्दै आएका छन् ।

दोमुखामा यस अघि नै पूर्ण कदको बुद्धको मुर्ति, हात्ती, जेब्रा, चिम्पान्जीहरुको स्ट्याचु राखिएको छ । जसमा स्टिलको रेलिङ, तार जालीले घराबारा समेत गरिएको नगर बहुसाँस्कृतिक उद्यान अन्तर्गतको बजेटबाट उक्त स्ट्याचुहरुको बनेको दोमुखा धार्मिक विकास पर्यटकीय विकास व्यवस्थापन संस्थाका उपाध्यक्ष रमेश तिम्सिनाले जानकारी दिए । उनले भने, दोमुखामा पर्यटकको संख्यामा पहिलेको भन्दा धेरै बृद्धि भएको छ । तर माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरुले सास्ती व्यहोर्नु परेको उनको भनाई छ । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बन्ने भएपछि आन्तरिक तथा बाह्यि पर्यटकहरुको संख्यामा थप बृद्धि हुने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *