Sajhamanch Archive

नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन

Published: in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ ।

हिउँदे बाली, मकै, तोरी, गहुँ कृषि उत्पादन बढाउन नगरपालिकाले जेसीबि लगाएर पैनी सञ्चालनमा ल्याएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा .(रोषन)ले बताए। उनले कनकाई नदि नजिकै भएपनि हिउँद लागेपछि पानी अभाव रहेकाले लालपानीका कृषकलाई कृषि उत्पादनका लागि पानीको आवश्यकतालाई पुरा गर्ने गरी काम गरेको जानकारी दिए ।

 

नगरबासीका लागि आवश्यकताका आधारमा यस्ता स–साना कामहरु पनि महत्वपूर्ण रहन्छन् । नगरप्रमुख थोप्राले भने, कनकाई नदिको पानीलाई पैनी बनाएर लैजादा लालपानीका सुख्खा ग्रस्त हजारौ विगाह जमिन सिचित गन पुग्छ । त्यो नगरपालिकाले पुरा गरिदिएको छ ।

त्यस्तै नगरपालिकाले यस अघि हाल सञ्चालन भएको ढकालपुर पैनीदेखि पुर्वको रुदिला पैनीलाई पनि सञ्चालनमा ल्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पैनी सञ्चालन भएपछि लालपानी बासीका किसानहरुले हिउँदे बाली उत्पादनमा बृद्धि गर्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *