Sajhamanch Archive

सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by .

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ ।

प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे लगाउने काम सम्पन्न भएसँगै सताक्षीधाममा पर्यटकको संख्यामा बृद्धि भएको धाम विकास समितिले जनाएको छ ।

सडक निर्माण सँगै शिवसताक्षी नगरपालिकाले पुर्व पश्चिम राजमार्गको झिलझिलेदेखि सताक्षीधाम सम्म करिब ५ किमी सडकमा सडक बत्ती जडान गरेको छ । जसले सताक्षीधाममा रात्री कालिन पुराण, धार्मिक अनुष्ठान र पर्वहरुमा आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले सडक बत्ती जडान गरिएको शिवसताक्षी नगरपालिका नगर प्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले बताए ।

शिवसताक्षी नगरपालिकाले गुरु योजना बनाएर धार्मिक क्षेत्र सताक्षीधाममा संघ, प्रदेश र नगरपालिकाबाट करोडौ लगानी भइसकेको छ । सताक्षीधाम परिसरमा पार्केटिङ्ग टायल्स विछ्याउने काम सम्पन्न भएको छ । विभिन्न मठ मन्दिरहरु समेत निर्माण गरिएका छन् ।

पछिल्लो समय धर्मालम्बी भक्त तथा दाताहरुबाट १०८ तुलसाको मोठ निर्माण गरिएको छ । १०८ जना दाताहरुबाट २१ हजारका दरले प्राप्त भएको दानले उक्त तुलसाको मोठ निर्माण भएको सताक्षी गुरुकुल विद्यालयका प्राचार्य मदनमोहन अधिकारीले जानकारी दिए । उनका अनुसार सताक्षीधाम गुरुकुल विद्यालयको निर्माणधिन भवन पनि दाताहरुको सहयोगबाट बन्दै गरेको हो । जुन विद्यालयमा ४ जना शिक्षक कार्यरत छन् भने २४ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

सताक्षी गुरुकुल विद्यालयमा संस्कृत सहित अंग्रेजी र कम्युटर शिक्षा पनि अध्यापन गराइँदै आएको सताक्षी गुरुकुलले जनाएको छ । सडक बनेपछि पर्यटकको संख्यामा पनि बृद्धि भएको धाम विकास समितिले जनाएको छ । सताक्षीधाम धाममा दैनिक जसो सयौंको संख्यामा पिकनिक तथा धार्मिक अनुष्ठान गर्नका लागि मानिसहरुको आगमनमा बृद्धि भएको हो ।

शिवसताक्षीको त्रिधाम मध्ये सताक्षीधाम जाने सडक कालेपत्रे भइसहेको छ । ऐतिहासिक क्षेत्र दोमुखा जाने सडक चालु आव भित्रै कालो पत्रे हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी कै अर्को धाम चिल्लागढ धाम जाने सडक पनि कालोपत्रै हुन सके शिवसताक्षी धार्मिक तथा पर्यटनका लागी अन्तिम गन्तव्य बन्न देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *