Sajhamanch Archive

कैलाली अत्तरियामा गोली चल्दा दुई जना घाइते

Published: in विविधा, समाज by .

कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।

आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए ।

गोली लागेर न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएको डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *