Sajhamanch Archive

कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ ।

फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका बाँस्तोला बुधबार दिउँसो २ बजेदेखि सम्पर्क विहीन थिए । उनको टाउको र अनुहारमा धेरै चोट देखिएको परिवारको भनाई छ ।

बिर्तामोडका डिएसपी कुँवरका अनुसार शव पोष्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *