खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित
Published:
by .शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
बजगाईँ ४८४ ले मत प्राप्त गरेका छन् भने, अर्का अध्यक्ष पदका उम्मेद्वार छविलाल पाठकले मत २२० प्राप्त गरेका छन् ।
सदस्यहरुमा अग्नीप्रसाद दुलाल ५६९ मत, सन्तोष भण्डारी ४९९ मत, गंगा तिम्सिना ४१४, कृष्णकुमार सुवेदी ५०२ मत, अनु अधिकारी ४३४ मत बाबुराम भट्टराई ३९२ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदका दुई उम्मेद्वार पदमप्रसाद दाहालले ३४८ र अर्जुन पौडेलले २९० मत प्राप्त गरेका थिए ।
त्यसैगरी लेखा समिति संयोजकमा ४०० मत प्राप्त गरी धनबहादुर कटुवाल निर्वाचित भएका छन् ।
साही पदका अर्का उम्मेद्वार भिमबहादुर कार्कीले २३९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ९६४ मतादाता रहेका थिए भने, ७१९ मत खेसको थियो ।
अन्य पदाधिकारीहरु सर्वसम्मत भएको खुद्रा सहकारीले जनाएको छ ।
Comments