Sajhamanch Archive

शिवसताक्षीको दूधेमा गजल प्रशिक्षण

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको छ ।

सताक्षीधाम साहित्य संगमको आयोजना शिवसताक्षी निजी तथा सामुदायिक विद्यालयका ७५ जना विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको हो ।

साहित्य प्रति रुचि भएकालाई गजल लेखन क्षमता अभिबृद्धि गर्ने उदेश्यले गजल लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । नगरका विभिन्न विद्यालयहरुमा साहित्य प्रति रुचि भएका विद्यार्थीहरु भए पनि उनीहरुलाई गजल, कविता लेखनमा सहभागी नगराएकाले साहित्य संगमले ती विद्यार्थीहरुलाई समेटेर उनीको प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने अध्यक्ष दाहालको भनाई छ। साहित्य संगमले गजल लेखनमा सहभागी भएका विद्यार्थीहरुका गजल तथा कविताहरु अनलाइन, पत्रपत्रिका र साहित्य संगमको फेसबुक पेजबाट प्रकाशित गर्ने समेत बताएको छ ।

गजल प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले गजल प्रशिक्षण कार्यक्रमले सहभागी विद्यार्थीहरुलाई आफ्नो क्षमताको विकास गर्न सुझाएकी थिइन् । उनले साहित्य, गजल, गीत संगीतले मानिसको आयु बढाउन समेत भूमिका खल्ने बताइन् । साहित्य पनि जीवनको एउटा पाटो हो । उनले भनिन् मानिसले आफ्नो भावना गीत, गजलबाट व्यक्त गर्ने गर्छन् ।

गजल प्रशिक्षण कार्यक्रममा गजलकार विवश बलिभद्र कोइराला, शिशिर भट्टराई र दिलिप घिमिरेले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरुले गजल तथा कविता बाचन समेत गरेका थिए । कार्यक्रमको स्वागत पदमप्रसाद दाहालले गरेका थिए भने सञ्चालन नरपति पाठकले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *