Sajhamanch Archive

शिवसताक्षीमा आगलागी, एक घर जलेर नष्ट

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी ।  झापाको शिवसताक्षीमा एक घर आगलागीबाट नष्ट भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे अचानक आगलागी हुँदा घरका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।

घरमा सबै काम बाहिर निस्किएका बेला आगलागी हुँदा केही पनि समान बाहिर निकाल्न नसकिएको सुकुलाल मुर्मूले जानकारी दिए । घरमा मसिना केटाकेटीहरु मात्रै रहेका थिए उनले भने धन्न नानीहरु आगो लागेको थाहा पाएपछि बाहिर निस्केछन् ।

स्थानीय त्रिलोचन मैनालीको जग्गामा घर बनाई मैनालीकै जग्गामा खेती किसानी गर्दै आएका मुर्मू परिवार घर जले पछि विचल्लीमा परेको छ । घरमा राखेको धान, चामल, लत्ता कपडा लगायतका सबै समाग्री जलेर नष्ट भएको छ । करिब ३ लाख ५० हजारको सामाग्री जलेर नष्ट भएको बताइको छ ।

आगलागीको शिवसतााक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले स्तलगत निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उपप्रमुख कार्कीले नगरपालिकाले तत्काल राहत र बस्ने व्यवस्था मिलाइदिने जानकारी दिइन् । जाडोको मौसम भएकाले आगलागी पीडित परिवारलाई गाँस बाँस र लत्ता कपडाको आवश्यक रहेकाले भोली नगरपालिकामा आउन आग्रह गरेकी थिइन् ।

तत्कालकालागि शिवसताक्षी वडा नं. ६ ले १ बोरा चामल, १ बोरा भुजा, म्याट लगायतका सामाग्री प्रदान गरेको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । खुलालका अनुसार गाउँलेले आगलागी भएको खबर दिनासाथ प्रहरीलाई खबर गरेर जनप्रतिनिध, गाउँले र प्रहरीको सहायताले आगो निभाउन सफल भएको बताए । माथि टिनको छानो र खरको टाटीको बेरा भएकाले केही छिन् मै घर जलेर नष्ट भएको वडाध्यक्ष खुलालको भनाई छ । त्यस्तै नेपाल रेडक्रश सोसाइटी शिवसताक्षी शाखाले २ थान ओटा त्रिपाल, २ थान ओढ्ने कमल, २ थान साडी र भाडाकुँडाहरु सहयोग प्रदान गरेको बताइएको  छ।

यता शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले आगलागीको घटनप्रति दुःख व्यक्त गरेका छन् । नगरपालिकामा दमकलको व्यवस्थाका खरिद प्रक्रिया झन्झटिलो लामो भएकाले आउन अलि ढिला भएको बताए । दमकल खरिदका लागि ठेक्का लागिसेको र मूल्यांकनको काम भइरहेको उनको भनाई छ । नगरमा दमकल  नहुँदा यस अघि पनि धेरै धनजनको क्षति व्यर्होर्नु परेको नगरप्रमुख थोप्राले बताए । यसै आ.व. भित्रमा दमकलको व्यवस्था हुने शिवसताक्षी नगरपालिकाले जनाएको  छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *