Sajhamanch Archive

सेवारो साकोसमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, सहकारी by .

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ।

संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी मगरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत  चयन गरेको छ ।

जसको उपाध्यक्षमा भरत नविन राई, सदस्यहरुमा कविता राई, राजुकमार सुब्बा, अमरसिंह आङ्देम्बे, प्रेमप्रसाद दुलाल, रञ्जली योङ्या, विद्यानाथ अधिकारी, तारा फेम्बु सर्वसम्मत चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजक पदमकुमारी योङहाङ्ग, सदस्यहरुमा रोशन पौदार र सरस्वती गौली सर्वसम्मत चयन भएको सेवारो साकोसले जनाएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका का.वा अध्यक्ष दुर्गा देवी मगरले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ झापाका तुलाराम न्यौपानेले आर्थिक मन्दीका बाबजुत पनि सहकारीले आफ्नो वित्तीय कारोबार सन्तोष जनक रुपमा गर्नु ठूलो गर्वको कुरा रहेको बताए । उनले देशै भरीका वित्तीय कारोबारहरु धरासायी भएको अवस्थामा पनि केही सहकारीहरुले सोचे भन्दा राम्रो उपलब्धी हात परेको जानकारी दिए । सहकारीले आफ्नै शेयर सदस्यहरुलाई लगानी गर्ने र शेयर सदस्यहरुको पनि सहकारीमा अपनत्व हुने भएकाले पनि सहकारीहरु चलायमान भएको बताए ।

कार्यक्रममा संयुक्त भुपु सैनिक संघका अध्यक्ष अमरसिंह आङ्दाम्बे, सुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविचन्द्र राई, ज्येष्ठ नागरिक नगर समिति अध्यक्ष पदमप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका व्यवस्थापक सुजन कुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *