Sajhamanch Archive

शिवसताक्षी ४ का ७५ विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण

Published: in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनताति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ ।

वडा नं. ४ मा अधिकांश राजवंश, ताजपुरिया र शाहका बसोबास रहेको र स–साना फुसका घरमा जाडोयाममा बृद्ध बद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा वितरण गरेको जनाएको छ। उनीहरुलाई शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकाश योङ्हाङ्ग र वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईले वडाले आफ्ना नागरिकलाई चिसोबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गरेका छन् । नागरिकका लागि नजिको सरकार नै वडा कार्यालय भएकाले आगामी दिन पनि आफ्ना नागरिकको आश्वयक्तालाई मध्यनजर राखेर काम गर्न सुझाएका थिए।
त्यस्तै लेखा प्रमुख योङहाङ्गले बाटो बनाउन, भवन बनाउनु मात्र विकास नभई आफ्ना नागरिकको ज्यान बनाउन गरेको भूमिका पनि महत्वपूर्ण रहने बताए । नागरिक रहे मात्रै भौतिक सुविधा उपभोग गर्न सकिने भएकाले नागरिकको हर तरहले सुरक्षा गर्नु स्थानीय सरकारले कर्तव्य रहेको उनको भनाई थियो ।

वडाध्यक्ष प्रसाईले जाडो मौसममा फुसको घरमा चिसो गुन्द्रिमा रात विताएको देखेपछि वडाले नागरिकको सुरक्षाका लागि सानो प्रयास गरेको बताए । विशेष गरेर वडा भित्रका विपन्न परिवारका बृद्ध बृद्धालाई लक्षित गरेर १ थान भुइमा ओछ्याउने म्याट र ओढ्ने व्यालेङकेट वितरण गरिएको बताए । वडा भएका झण्डै ५०० परिवारबाट अतिविपन्न ७५ परिवारलाई पहिलो चरणमा केही राहतका लागी दिइएको हो । उनले भने, अब केही दिनमा बृद्ध बुबाहरुलाई ज्याकेट वितरण गरिने छ ।

न्यानो कपडा पाएपछि स्थानी नारायण वाग्लेले वडाध्यक्षले निष्पक्ष तरिकाले काम गरेको भन्दै प्रशंसा गरेका थिए । हामी जति यहाँ कपडा लिन आएका छौ, वडाध्यक्ष घर घर मै गएर खबर गर्नु भएको छ । वडा बासीको लागि वडाध्यक्षले राम्रो काम गरेको उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *