Sajhamanch Archive

शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर आजबाट सुरु

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको हो ।
उद्घाटनका ाक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला निर्वाचन क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य माननिय राधाकृष्ण खनालले योग मानव स्वास्थ्यका लागि अपरिहार्य रहेकोले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” लाई मनन गर्दै हरेक दिन आफ्नो स्वास्थ्यका लागी १ घण्टा योग वा ब्यायाम गर्न आवश्यक रहेको बताए ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख चन्द्र कुमार शेर्माले योग गर्नाले हाम्रो शारिरीक तथा मानसिक स्वास्थ्य सवल रहने तथा मानव शरिरको रोग प्रतिरोधात्मक शक्ति बढनाले कोरोना लगायतका माहामारीबाट जोगाउने भएकोले सबैले योग लाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

समाजमा हाल महामारीको रुपमा फैलदै गईरहेका नसर्ने रोगहरुले हरेक घरका सदस्यहरु प्रभावित भई सुगर, प्रेसर, थाईराईड, क्यान्सर, पायल्स, वाथ जस्ता रोगहरु डरलाग्दो रुपमा देखिन थालेकाले यसको बेलैमा रोकथाम नगरे विकराल रुप लिने कुरा सचेत गराउँदै यो अवस्था आउन नदिन शारिरीक रुपमा सक्रिय रहनु पर्ने तथा दैनिक योग वा ब्यायाम गर्नुपर्ने आवश्यकता रहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनिल कुमार यादवले जानकारी दिए ।

त्यस्तै रोगानुसार गर्नुपर्ने र गर्न नहुने योगका बारेमा योग प्रशिक्षक गंगा प्रसाद ढकालले प्रस्टयाएका थिए ।

दुधे आयुर्बेद औषधालयका कविराज निरिक्षक राजेन्द्र पोख्रलले कार्यक्रम संचालन गर्दै हाल दुधे आयुर्बेद औषधालयको भवन जिर्ण रहेको र विस्तारित पंचकर्म, ल्याव सेवा तथा योगहलका लागि भवनमा पर्याप्त कोठा नभएकोले कार्य सम्पादनमा कठिनाई रहेको साथै औषधालय लाई नगर आयुर्बेद अस्पतालका रुपमा स्तरउन्नती गर्न आवश्यक सहयोग तथा पहल गरिदिनुहुन सबैमा अनुरोध गरे ।

हरेक दिन ६ बजे बाट ७ बजे सम्म ७ दिन संचालन हुने निःशूल्क योग शिविर उद्घाटन समारोहमा निवर्तमान उप प्रमुख भोज कुमारी नेपाल, प्रमुख प्रशासकिय अधिकृत अमृत बहादुर राई लगायतले आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष बहादुर आङ्गबो अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दुधे आयुर्बेदकी बैद्य निरीक्षक बिष्णु घिमिरेले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *