Sajhamanch Archive

नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ  । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो ।

त्यस्तै प्रतियोगितामा  शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रथम हुने विद्यार्थीहरुले जनही ३५ सय, दोस्रोले ३ हजार, तेस्रोले २५ सय र सान्तवना पुरस्कार हासिल गर्ने सहभागीले १ हजार जनही प्राप्त गरेको नगर शिक्षा शाखाले जनाएको छ । त्यस्तै प्रतियोगिताको प्रारम्भिक चरण पार गर्ने चार समूहलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।

 प्रारम्भिक चरणमा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु पनि समेटेर प्रश्न निर्माण गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छविलाल ढकालले बताए । प्रतियोगिता ४ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रथम राउण्डको दोस्रो चरणमा ६४ ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए । जसको अंक भार १÷१  कायम गरिएको थियो । र्यापिट फायर राउण्डमा  १०÷१० ओटा प्रश्न १ मिनेटमा भित्रमा उत्तर दिने गरिएको सोधिएको थियो । फोटो राउण्डमा ५÷५ ओटा फोटाहरु समावेश गरी नाम सोधिएको थियो । गलत अंक दिएमा १ अंक कट्टा गरिने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख ढकालले बताए । अडियो राउण्डमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुको आवाज सुनाइएको थियो । जसको १ मिनेट भित्रमा उत्तर दिनु पर्ने थियो भने गलत उत्तर दिए १.५ नम्बर कट्टा गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा बोल्दै प्रमुख थोप्राले शिवसताक्षीमा रहेका सामुदायिक विद्यालयहरुको  पछिल्लो समय  भौतिक अवस्था र शिक्षाको गुणस्तरमा बृद्धि हुँदै गएको बताए । उनले शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए ।  नगर शिक्षा शाखाले अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता गराएर विद्यार्थीहरुको अन्तनिहित क्षमताको विकासका लागि काम गरेको उनको भनाई थियो ।

हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षीका सामुदायिक तथा सस्थागत गरी १९ ओटा माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका थिए। यही पौष २२ गते जिल्ला समन्वय समिति झापाले आयोजना गरिको जिल्ला स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगितामा लक्षित नगर शिक्षाले पनि विद्यार्थी लक्षित कार्यक्रम गरेको जनाएको छ। जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी नगरबाट प्रतियोगिताबाट छनौट भएको विद्यार्थीहरुलाई सहभागी गराउने शिवसताक्षी नगरपालिकाले जनएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुली, शिक्षा शाखाका प्राविधिक सहायक मिलन विष्ट रहेका थिए ।

नगर शिक्षाले विभिन्न समयमा विद्यार्थी लक्षित कार्यक्रमहरु गर्दै आएको जनाएको  छ।

भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश दाहालको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगिता  शिक्षा शाखा प्रमुख छविलाल ढकालले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *