Sajhamanch Archive

नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा काफ्ले

Published: in विविधा, समाज by .

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको सभापतिमा गोविन्द काफ्ले सर्वसम्मत चयन भएका छन् ।

शनिबार शिवसताक्षीको शिवगञ्जमा भएको ८ औं अधिवेशनबाट काफ्ले सर्वसम्मत चयन भएका हुुन् । त्यस्तै उपसभापतिमा हिमादेवी खनाल, सचिवमा होमप्रसाद राजवंशी, कोषाध्यक्षमा बद्री खनाल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपसचिवमा डम्बरप्रसाद विमली, उप कोषाध्यक्षमा नारायणप्रसाद लुईटेल महिला सदस्यमा निर्मला प्रसाई चयन भएको नेपाल रेडक्रस उपशाखा शिवसताक्षीले जनाएको छ । सदस्यहरुमा खगेन्द्र राज बजगाई, निर्मला गिरी, लक्ष्मीप्रसाद ढकाल, सिताराम भेटवाल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *