Sajhamanch Archive

सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु श्रीमान घाइते

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । गएराति जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक महिलाको मृत्यु भएको छ ।

शिवसताक्षी ११ स्थित बच्चाबगरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ६५ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

कृष्णमाया र उनका श्रीमान सुतिरहेका अवस्थामा हात्तीले घरको वाल भत्काएको थियो । गाउँलेहरुले कृष्णमायालई कङक्रिटको वालले थिची रहेको अवस्थामा उद्धार गरि आम्दा अस्पताल दमक पठाइएका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार राती ३ बजे दमक अस्पतालले उनलाई मृत घोषण गर्र्यो। उनको सव पोष्टमाटमका लागि अस्पतालमा कै राखिएको छ।

मृतक कृष्णमायाका श्रीमान शान्तिराम भण्डारी समान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्की विहानै हात्ती आक्रमण भएको स्थलमा पुगेका छन् । उनीहरुले हात्ती पीडित परिवारलाई सान्तवना दिएका छन् ।

मृतकका श्रीमान् शान्तिराम भण्डारी

शिवसताक्षी नगरपालिकामा पछिल्लो समय ठुलै समस्याको रुपमा हात्ती आतंक हुँदै आएको र यसको नियन्त्रणका लागि जिल्ला र प्रदेश सँग पनि छलफल चलिरहेको नगरप्रमुख थोप्राले बताए । उनले राज्यका तिनै तहका सरकारले जंगली हात्तीको समस्या समाधानका लागि लाग्नु पर्ने जानकारी दिए ।

हात्ती नियन्त्रणको विषयमा तिनै तहसँग छलफल गर्ने उनको भनाई थियो ।

हात्तीले आक्रमण गरी मानविय क्षति भएकाले यसमा नगरपालिकाबाट पुग्ने सहयोग गर्ने उपप्रमुख नरमाया कार्कीले बताइन् ।

हात्तीले गए राति अन्य दुई घर पनि भत्काएर क्षति पुर्याएको छ । राती चार ओटा हात्ती चारैतिरबाट गाउँ पस्दा गाउँले रातभर सुत्न पाएका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *