Sajhamanch Archive

गएराति धार्मिक क्षेत्र सताक्षीधामको दान पेटिका चोरी

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा दान पेटिका चोरी भएको छ ।

सताक्षीधाम परिसरमा राखिएको दान पेटिका गएराति चोरी भएको हो । धाममा रहेको राम मन्दिर, द्वादश जोर्तिलिङ्ग र सतासीधामको शिव मन्दिरमा राखिएको दान पेटिका पोडेर भक्तजनहरुले दिएको भेटी चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार दान पेटिका धारिलो हतियार प्रयोग भएको देखिएको छ ।

शिवमन्दिरमा राखिएको दान पेटिका मन्दिर पूर्व सतासी खोलामा लगेर फोडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज महेन्द्र खड्काले जानकारी दिए ।

सताक्षीधामको दान पेटिका राती १ बजे चोरी भएको सीसी टिभी फुटेजमा देखिएको श्री सताक्षी गुरुकुलमका प्राचार्य मदन मोहन अधिकारीले जानकारी दिए। धार्मिक क्षेत्रमा चोरी जस्तो जघन्य अपराध गर्ने व्यक्ति पत्ता लगाई कारर्वाहीको दायरामा ल्याउनु पर्ने उनले प्रशासन समक्ष माग राखेका छन् ।

चोरीको घटना शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अवलोकन गरेकी छिन् । उनले धामको सुरक्षाका लागि अस्थायी प्रहरी विट राख्न आवश्यक रहेकाले र त्यसका लागि सम्बन्धित निकायमा पहल गर्ने बताइन् ।

दान पेटिका चोरी भएको घटनाको अनुसन्धान भइरहेको र चाडै चोरीमा सम्लग्न व्यक्तिलाई पत्ता लगाउने इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *