नेपाली कांग्रेसको शिवसताक्षी नगरपालिकामा ध्याकर्षण पत्र, नगरपापिलका भन्छ, हामी नियमसंगत छौ
Published:
by .शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षण पत्र बुझाएको छ। श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्र.अ. नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सञ्चाउन माग गर्दै नेपाली कांग्रेसले ध्याकर्षण पत्र बुझाएको हो ।
कार्यपालिकाको बैठकले विद्यालयका लेखापाल र नगरपालिका शिक्षा शाखाका कर्मचारीको संयुक्त खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको थियो । तर नगरपालिकाको कदम कानुन विपरित रहेको भन्दै नेपाली काग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्र बुझ्ने क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले शिक्षा जस्तो पवित्र क्षेत्रमा विद्यालयमा राजनीतिक नगर्न सुझाएकी थिइन् । नगरपालिकाले शिक्षा ऐन र शिक्षा निमावली टेकेर मात्रै निर्णय लिने उनको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो आफु अवकाश प्राप्त रहँदा सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातकतह उत्तीर्ण शिक्षक लालमणी सुवेदीलाई निमित्त प्र.अ.दिएपछि विवाद सुरु भएको थियो । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा माथिल्लो योग्यता भएको शिक्षक हुँदा हुँदै स्नातकतह मात्र शैक्षिक योग्यता भएका शिक्षक सुवेदीलाई प्रधानाध्यपकको जिम्मेवारी दिएपछि विवाद थप पेचिलो बन्दै गएको हो ।
विद्यालय व्यवस्थापक समितिले सुवेदीलाई प्र.अ. पदमा नियुक्ति गरेको निर्णय गरेको थियो । तर शिवसताक्षी नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापकको जिम्मेवारी सम्बन्धमा च.नं. १५४२ पत्रमा विद्यामान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संसोधन सहित) ९३ (३) बामोजिम प्र.अ. नियुक्ति प्रकृया पुरा नभई आएको देखिएकाले सो प्रकृया पुरा गरी प्र.अ. नियुक्ति भएको खण्डमा खाता सञ्चालक परिवर्तन गर्न सिफारिस दिन सकिने पत्र विद्यालय व्यवस्थापन समितिलाई पठाएको थियो । पत्र पाए लगत्तै मिति २०७९÷०९ ÷०१ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले निमित्त प्र.अ. हुनु पर्नेमा भाषिक त्रुटि भएको भन्दै निर्णय सच्याएको थियो ।
विद्यालयमा माध्यमिक तहमा स्नातकोत्तरतहको योग्यता भएका अन्य शिक्षकहरु भएपनि वरिष्ठताको आधार देखाउँदै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ती गरेको हो ।
यता माथिल्लो योग्यता भएका शिक्षक श्रीप्रसाद खरेलले आफु प्र.अ.को लागि योग्य भएको भन्दै दावी प्रस्तुत गरेका छन् ।
शिवतसाक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले राष्ट्रिय रमणीयको प्रअ विवाद प्रतिनिधि घटनाको रुपमा आएकाले शिक्षा नियमावलीमा उल्लेख भए अनुसार नै प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाइने बताए । सँधै विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत रुपमा प्र.अ. नियुक्ति गरेर पठाउँदा यस्तो विवाद नआएको उनको भनाई थियो । सोही विद्यालयबाट अन्य शिक्षकले प्रअ. हुने योग्यता राखेर दावी प्रस्ताव नगरपालिकमा पेश गरेपछि शिक्षा निमायवली अनुसार नै प्रकृया बढाउन नगरपालिका बाध्य भएको प्रमुख थोप्राको भनाई छ । शिवसताक्षी नगर कार्यपालिकाको बैठकले विद्यालय विकास प्रस्ताव आवाहन गरेर प्रअ. नियुक्ति गर्ने निणर्य गरेको छ । विद्यालय व्यवस्थान समितिलाई नगर शिक्षा शाखाले विद्यालयल प्रस्ताव आवहान गरेर प्र.अ. नियुक्ति गर्न परिपत्र गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
खरेलको मिति २०६१÷०१÷३१ गते माध्यमिकतहमा स्थायी नियुक्ति भएका हुन् भने सुवेदी मिति २०६१÷०२÷ २० गते स्थायी नियुक्त भएको सम्बन्धित कार्यालयको रेकर्डमा उल्लेख छ।
Comments