Sajhamanch Archive

नेविसंघले शिवसताक्षी नगरपालिकामा गरेको आन्दोलनप्रति शिक्षक संगठनको ध्यानाकर्षण

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी दुधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. नियुक्तिको विषयलाई लिएर शिवसताक्षी नगरपालिकामा गरिएको आन्दोलन र तोडफोड प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

प्र.अ. नियुक्तिको विषयलाई लिएर मंगलबार शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस सम्बद्ध नेविसंघले गरेको अराजक गतिविधी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षी एक विज्ञप्ती जारी गर्दै त्यसको भर्सना गरेको हो ।
संगठनले प्रधानाध्यापक नियुक्तिको विषयलाई विधि र प्रक्रिया भन्दा पनि आन्दोलन र तोडफोडबाट स्थिापित गराउन खोज्नु समस्याको निकासको बाटो नभएको विज्ञप्तीमा उल्लेख छ ।

शिक्षक नियमावली भएको व्यवस्था र नियमानुसार निष्कर्षमा पुर्याउन सम्बधित पक्षको ध्यानाकर्षण गराउनुका साथै विद्यालयलाई शैक्षिक जटिलतातर्फ लैजान प्रयास नगर्न र नगराउन सम्बन्धित सबैमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आग्रह समेत गरेको विज्ञप्तीमा भनिएको छ।

अनेराश्ववियू नगर कमिटी शिवसताक्षीले पनि एक विज्ञप्ती जारी गर्दै नेविसंले शिवसताक्षी नगरपालिकामा गरेको कार्यको घोर भर्सना गर्दै गम्भिर ध्यानकर्षण गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *