Sajhamanch Archive

मकर संक्रान्तिमा लाग्ने कनकाई धार्मिक माई मेलाको उद्घाटन

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापाको कनकाईमा लाग्ने माघे संग्रान्ती मेलाको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाले आज माई पश्चिम किनारमा विधिवत मेलाको उद्घाटन गरेको हो ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले शान्तिको प्रतिक परेवा उडाएर र रिवन काटेर माघी मेलाको उद्घाटन गरेका हुन ।


उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले वषौ देखि लाग्दै आएको माघी पर्वको अवसरमा लगाइने धार्मिक मेलालाई शान्ति पूर्वक सम्पन्न गर्नका लागि व्यवस्थापनमा लाग्ने सम्पूर्णमा मेला सफलताको शुभकामना व्यक्त गरेका छन्। यो ऐतिहासिक र मौलिक पर्व भएकाले धेरै टाडाबाट मेला भर्न आउने भक्तजन तथा पर्यटकहरुलाई सहज हुने गरी व्यवस्थापन मिलाउन समेत पनि आग्रह गरेका छन् । मेला माघ २ गते राती १२ बजेसम्म लाग्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिकाभित्र पर्ने कनकाई माई तथा कोटिहोम र शिवसताक्षी नगरमा पर्ने माइधार, दोमुखा तथा माइधाम क्षेत्रभित्र प्रत्येक वर्ष लाग्दै आएको मेला यस वर्ष हाट बजार लाग्दै आएको छ ।

नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीमध्ये कन्काई माईको छुट्टै महत्व छ।

यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ। आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संग्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गर्छ।

नेपालको पूर्वी क्षेत्रको अलावा पूर्वोत्तर भारतको दार्जीलिङ, सिक्किम, पश्चिम बङ्गाल र आसामका भक्तालु तथा दर्शनार्थीसमेत यहाँ आउने गरेका छन्।

झापा, मोरङ जिल्लाका मृतकहरुको अन्तिम संस्कार गर्नुपरेमा कनकाई नदीलाई नै सबै भन्दा पवित्र मानिने चलन छ।  भालि १ गते मेलामा भिडभाड हुने गर्दछ ।

मेला उद्घाटनमा वडा नं. १० अध्यक्ष हर्क सिगु, वडा सदस्य कोपिला मैनाली, शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङहाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *