केराधापमा दुर्गा पुजा सुरु
Published: (Updated: )
by .कमल । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देवी देवताको आवाहन गर्नुका साथै जमरा पनि राख्ने चलन छ ।
यसै अवसरमा आज झापाको कमल गाउँपालिका ३ स्थित केराधापमा दुर्गा पुजा आयोजक मुल समारोह समितिको आयोजनामा दुर्गा भगवतीको मुर्ति प्रतिस्थापन गरेको छ ।
केराधाप युवा समुहको आयोजनामा भएको सो कार्यक्रममा अटस्थापनाका दिन देखि नवमीको दिनसम्म दैनिक रुपमा दुर्गा पुजा गरिने मुल समारोह समितिका सदस्य तथा प्रचार प्रचार समितिका संयोजक सुर्यप्रसाद न्यौपानेले जानकारी दिए ।
समितिका अध्यक्ष रामकुमार लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले समाजमा महिला माथि हुने गरेका हत्या हिंसा बलत्कार गनेै व्यक्तिलार्ई कार्वाही गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन् भन्ने कामना गर्दै विभिन्न धर्मनाममा राजनीतिक गर्ने फोहोरी खेललाई अन्त्य गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधि,समाजका अग्रज व्यतित्व, कमल गाउँपालिकामा भएका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
Comments