Sajhamanch Archive

सतासीधाम जेसीजको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले आफुले लगाएको चेन वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानलाई हस्तान्तरण गरेका छन् । सतासीधाम जेसीजले १० अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएको छ ।

वर्ष २०२२ अध्यक्ष भट्टराईले आफुले वर्ष भरी गरेको कामको चर्चा गरेका थिए । कार्यक्रम अध्यक्ष भट्टराईले तीन विधाका वर्ष उत्कृष्ट पदाधिकारीहरुलाई सम्मान गरेका छन् । सम्मानित हुनेमा वर्ष २०२२ पदाधिकारी दिपक पोखरेल, मञ्जिल नेपाल, पदम कुँवर रहेका छने । त्यस्तै कार्यक्रममा २०२३ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष कुमारसिं साँवालाई पनि सतासीधाम जेसीजले सम्मान गरेको छ । साँवालाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष कुमारसिं साँवा, नेपाल जेसीजकी उपाध्यक्ष सोस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र छिमेकी जेसीजका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *