Sajhamanch Archive

६ थुनुवा फरार प्रकरण : थप एकसहित चार जना पक्राउ

Published: in विविधा, समाज by .

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका  ६ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो । उनी मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मङ्गलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए । चार जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *