Sajhamanch Archive

लक्ष्मी नारायणमा अध्ययन गर्ने ४२ जना दलित बालबालिकालाई पोशाक सेट वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी वडा नम्बर १ को आर्थिक सहयोगमा विद्यालय भर्ना भएका दलित बालबालिकाहरुलाई विद्यालय पोशाक सेट वितरण गराएको छ ।

पोशाक नभएको कारण विद्यालय उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्य स्वरुप दलित बालबालिकालाई पोशाक वितरण गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा न।१ को सामाजिक बिकास तर्फको सिलिङ बजेट एक लाख रुपैयाँबाट लक्ष्मीनारायण मा.वि. अध्यायनत शिशु कक्षादेखि कक्षा ५ सम्मका ४२ जना दलित बालबालिकालाई सट,पेन्ट, फ्रक, जुत्ता र मोजा विद्यालय पोसाक कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश सभा संसद राधाकृष्ण खनाल ,विशेष अतिथि नगर प्रमुख मेगाहाङ थोप्रा,उपप्रमुख नरमाया कार्की र वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले वितरण गरेका हुन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीनवहादुर खवास,वडा सदस्यहरु उमा माझी ,पूर्णजंग चेम्जोङ लगायतको उपस्थिति रहेकोे थियो ।

शिवसताक्षी वडा नम्बर एकको एक मात्रै सामुदायिक विद्यालय हो यो ।हाल यस विद्यालयमा ५ सय ४० जना विद्यार्थीहरू अध्ययनरत छन्।

विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने कुनै पनि अभिभावकको लगत संकलन गर्नुपर्ने र अभिभावक स्वयम पनि जागरुक हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि खनालले बताए ।

यशोदा दर्जीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय प्र।अ।खगेन्द्र लम्जेलले स्वागत गरेका थिए भने कार्यक्रम संचालन दलित महिला वडा सदस्य निर्मला पौडेल बराईलीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *