Sajhamanch Archive

धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा संघ शिवसताक्षी १ र नेपाल खेलकुद परिषद नेपाल नगर कमिटीले तीन कोठाको घर निर्माण गरी हस्तान्तरण गरेको हो । आज नवनिर्मित अम्बर नेम्वाङ्गको घरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको घर निर्माण समितिले जनाएको छ ।

घर संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र शिवसताक्षी नगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्गले हस्तान्तरण गरेका हुन् । गएको जेष्ठ १९ गते स्थानीय अम्बर नेम्वाङ्गको आगलागी भएर धनमाल सहित नष्ट भएको थियो ।

घर जेलर विच्चली परेको नेम्वाङ्ग परिवार घर बनाई राष्ट्रिय युवा संघर र नेपाल खेलकुद परिषद नेपाल नगर कमिटीले जुटेको थियो ।

घर हस्तान्तरण सँगै घर निर्माण समिति हिसाव किताब पनि सार्वजनिक गरेको छ । समितिले विभिन्न दाताहरु संकलित रकम ५ लाख २४ हजार ४२३ को लागतमा उक्त घर निर्माण गरेको जनाएको छ। जसमा संघीय सांसद एलपी साँवा लिम्बुले ५१ हजार, शिवसताक्षी नगरपालिकाबाट १ लाख सहयोग प्राप्त खर्च विवरणमा उल्लेख छ । त्यस्तै नेकपा एमाले वडा १ कमिटीबाट ४८ हजार ७२५, खेलकुद महासंघ झापाबाट २५ हजार, प्रवासी मलेशियन समूहबाट २१ हजार २८५ सहयोग भएको जनाएको छ ।

घर निर्माणका लागि सहयागी दाताहरुले ३२ हजार ९८० बराबरको जिन्सी सहयोग र ७ हजार ३०० बराबरको घर निर्माणका लागि श्रमदान रहेको घर निर्माण समितिका अध्यक्ष अरुण चेम्जोङ्गले जानकारी दिए ।
कार्यक्रममा संघीय सांसद एलपी साँवा लिम्बुले विपत्तीमा परेको बेला गरिएको सहयोगको मात्रै मानवीय सहयोग अमूल्य अंक भएको बताए । उनले एउटा आगलागीबाट विचल्ली परेको परिवारको सहयोगमा जुट्ने सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए। हामी सम्पूर्ण नागरिक त्यो समाजलाई कता लैजाने भन्ने विषयमा जिम्मेवार हुन्छन् । उनले भने, आज एउटा समाजमा पीडित बनेको परिवारलाई घर निर्माण गरिदिएर यही समाजका युवाहरुले आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले धेरै यस्ता कामहरु थालनी हुन्छन् तर विविध कारण सफल हुन सक्दैन्। आज घर निर्माण कार्य निर्धारित समयमा नै पुरा गरेर युवाहरुले आफ्नो जिम्मेवारी पुरा गरेको नगर प्रमुख थोप्राले बताए । विपत्ती सबैलाई पर्न सक्छ, त्यस्तो अवस्थामा एकले अर्कालाई सहयोग गरेर सबै नागरिक जिम्मेवार बन्नु पर्ने नगरप्रमुख थोप्राको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *