Sajhamanch Archive

वाटर किङडम पार्कको सांस्कृतिक महोत्सवको एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सवको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा बोल्दै अध्यक्षओलीले बैक तथा वित्तिय सस्था नोक्सानमा जानु भनेको देशमा आर्थिक संकट आउनु रहेको बताए ।

पछिल्लो समय उद्योगी तथा व्यवसायीले आफुहरु चाहि घाटामा गएर व्यापारबाटै पलायन हुने अवस्था आउन थालेको तथा आफुहरुमाथी लगानी गर्ने बैकं तथा वित्तिय सस्थाहरु सबै नाफामा मात्रै गएको भन्दै बिरोध गरिरहेका बेला ओलीले बैंक तथा वित्तिय सस्था पनि घाटामा गयो भने देशमा ठुलो आर्थीक संकट आउने कुरा तर्फ सबै उद्योगी व्यवसायीहरुलाई सचेत गराए ।

‘आर्थिक कारोबार गर्न बैक तथा वित्तिय सस्था नभइ हुँदैन । यो अहिलेको अति आवश्यकीय कुरा हो । मानिससँग भएका पैसा यसै घरमा राख्नु भन्दा बैंकमा राख्दा ब्याज पाइन्छ भनेर राखिन्छ । । बैंकले दिन्छ पनि । त्यहि जनताको पैसालाई अरु जसलाई बिभिन्न क्षेत्रमा लगानी गरेर कारोबार बढाउनु छ उनीहरुलाई त्यो बचत पैसा केहि बढि ब्याजदरमा लगानी गर्छ । यो बैकंको नियमित प्रकृया हो । यो हुनु पर्छ । तर यसभित्र राख्ने मुनाफाको दर रेटको अन्तर र यसले आम मानीसमा पारेको असर र सकरात्मक प्रभावका बारेमा चाहि नियमक निकाय नेपाल राष्ट्र बैकंले अनुगमन पर्छ ।’ ओलीले भने बिच बिचमा फेरबदल हुने व्याजदर र यसले ऋणी र बचतकर्तामा पारेको प्रभावका बारेमा राष्ट्रबैकले ठीक ढङ्गले अनुगन गर्न आवश्यक रहेको छ ।’

ओलीले अहिलेको आर्थिक संकट यस अघिको डेढ वर्षे सरकारका कारण भएको आरोप लगाए। ’श्रोत सुनिश्ति गर्न भन्दै विभिन्न शिर्षकका बजेटको रकमान्तर गरेर भ्रष्टचार गरेका कारण अहिलेको यस्तो परिस्थिी आएको हो । तर अव यसलाई सुधार गर्न हामी पनि अहिले सरकारमा छौ केहि गछौ तर धैर्य राखौ ।’

कार्यक्रममा वाटर किङ्डम पार्क सञ्चालक राजकुमार संग्रौलाले आर्थिक मन्दिका कारण ठुला उद्योगी व्यापारीहरु संकटमा परेको बताए । बैंक तथा वित्तीय संस्थाहरुले देश आर्थिक मन्दीमा फसेको बेला पनि करोडौ नाफा कमाएका छन् । त्यी बैंकबाट ऋण लिने व्यापारी भने व्याज दर बढेर संकटमा परेको छ । उनले देश समृद्ध बनाउन व्यापारीहरुको ठूलो भूमिका रहने भएकाले, बंैक तथा वित्तीय संस्थाहरुले पनि ठूला उद्योगी व्यापारीहरुलाई संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रमा आदिबासी जनजातिहरुले संस्कृति नृत्यहरु प्रस्तुत गरेका थिए । वाटर पार्कमा सांस्कृति महोत्स ७ दिन सम्म रहेन बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *