ऐतिहासिक धार्मिक चिल्लागढधाममा तीन दिवशीय धार्मिक मेलाको उद्घाटन
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाममा आजबाट मेला सुरु भएको छ । आज मेलाको संघीय सांसद लालप्रसाद साँवाले विधिवत उद्घाटन गरेका छन् ।
चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिले महाशिवरात्रीको अवसरमा ३ दिवशीय धार्मिक मेलाको आयोजना गरेको हो ।
धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको चिल्लागढ धाम लामो समय देखि ओझेलमा परेको धार्मीक पर्यटकीय स्थल हो ।
कनकाई नदिले चिल्लागढ आसपासको जमिन कटान गर्न थालेपछि ऐतिहासिक महत्व बोकेको चिल्लागढ पोखरी पुर्णरुपले सुकेको थियो । नगरपालिकाले चल्लागढ धामको विकासका लागि नगर गौरवको योजनामा समावेश गरेपश्चात यसले मुहार फेर्दै गएको छ ।
त्यस्तै चिल्लागढ धामममा प्रदेश नं. १ का कृषि मन्त्री भक्ती सिटौलाले समेत धार्मिक मेलाको शुभकामना दिएका छन् । उनले पुरातात्विक महत्व बोकेको धामको विकास र प्रवद्र्धनका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकास योङहाङ्ग, वडाध्यक्ष डिल्लीलाल फ्म्बु लगायतको उपस्थिति रहेको थियो ।
Comments