Sajhamanch Archive

एकीकृत अखिल नेपाल शिक्षक संंगठन शिवसताक्षीमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ।

आज राष्ट्रिय रमणीय आदर्श माविको हलमा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष गणेश चौलागाईं लाई सर्बसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राम प्रसाद मन्डल, महिला उपाध्यक्ष तारा देबि बास्तोला,सचिव ज्ञानेन्द्रप्रसाद चापागाईं, कोषाध्यक्ष युबराज आङदेम्बे सर्वसम्मत चयन भएको हो ।

सदस्यहरु खगेन्द्र बहादुर लम्जेल , योगेन्द्र अधिकारी ,खुब बहादुर राई, दल बहादुर न्यौपाने, टीका चम्लगार्इ, भुपेन्द्र गौतम , मोहनकुमार लिम्बू , यज्ञ प्रसाद नेपाल ,लक्ष्मण मर्डी, पुर्ण लाल राजवंशी , राधादेवी गौतम, ध्र्व तोलङी सितल अधिकारी लगायत २१ सदस्य सर्बसम्मत चयन भएका छ्न ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका पिबिएम झलक सिङ दर्लामी शिक्षक संगठन का प्रदेश १ का उपाध्यक्ष लोकनाथ गजुरेल पार्टीका अध्यक्ष महेन्द्र भट्टराई, प्रदेश सल्लाहकार टेक नाथ सिवाकोटी, सचिव सन्जय राई जिल्ला समन्वय समिति सदस्य सन्त पौडेल, संगठनका जिल्ला सदस्य राम मन्डल , खगेन्द्र लम्जेल, मानवअधिकार कर्मी राम जि कार्की लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रमको अध्यक्ष गणेश चम्लगार्इ संचालन योगेन्द्र अधिकारी र स्वागत ज्ञानेन्द्र चापगार्इले गरेक थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *