सतासीधाम जेसीजले सांगीतिक कार्यक्रम गर्दै मनायो होली पर्व
Published: (Updated: )
by .शिवसताक्षी । सतासीधाम जेसीजले मंगलबार होली मिलन कार्यक्रम मनाएको छ । जेसीजले शिवसताक्षीको दूधे सांगीतिक कार्यक्रम गर्दै होली मनाएको हो ।
गत वर्षहरु झै यो वर्ष पनि सतासीधाम जेसीजले धुमधामका साथ होली मिलन कार्यक्रम गरेको सतासीधाम जेसीजले जनाएको छ । सबैको जीवन रंगिन होस भनी सम्पुर्ण मानवलाई भाइचाराको सम्बन्ध बलियो बनोस भन्ने उद्देशको साथ होली मनाएको मनाइएको सतासीधाम जेसीज वर्ष २०२३ अध्यक्ष निर्मला प्रधानले जानकारी दिइन ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने प्रचलन रहेको बताइन् । उनले होली पर्वले समाजमा भाइचारारको सम्वन्ध स्थापित गर्ने भन्द होलीको शुभकामना व्यक्त गरेकी थिइन् ।
सतासीधाम जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष राजकुमार बस्नेत (सबिन) संयोजक्त्वमा भएको थियो । कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले, शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल, समाजसेवी पर्शुराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
होली मिलन कार्यक्रममा अस्तित्व ब्याड, प्रस्ताव ब्याड, अलपत्राज ब्याड लगायतको बेजोड प्रस्तुति रहेको थियो। अन्कुष बजगाइ,अङ्कित राइ र बिपिन लिम्बुले आफ्नो गितमा सम्पुर्ण दुधेबासीलाई मनोरञ्जन दिएका थिए। कार्यक्रमको सहजीकरण सतासीधाम जेसीज वर्ष २०२३ का महासचिव पदम बहादुर कुँवरले गरेका थिए ।
Comments