Sajhamanch Archive

अखिल नेपाल किसान महासंघ झापा जिल्ला अधिवेशन, अध्यक्षमा निरौला सर्वसम्मत चयन

Published: in विविधा by .

विर्तामोड । अखिल नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्ष चयन गरेको छ ।

झापाको विर्तामोड स्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले आज दमक निवासी निरौलालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सम्मेलनले किसान महासंघको जिल्ला उपाध्यक्षमा कर्णखर प्रसाई हल्दीवारी ,सचिवमा छविलाल गुरागाई र सहसचिवमा प्रेम पुरी कन्काई र कोषध्यक्षमा धनमाया सुब्बालाई सर्वसम्मत रुपमा चयन गरेको नेकपा एमाले झापा कार्यालय सचिव छवि विश्वकर्माले जानकारी दिए ।

देवराज अधिकारी ,डिल्ली निरौला, डम्वर निरौला र नोख बहादुर भण्डारी, तिलरुपा ओली ,देवी आचार्य ,सपना निरौला र गोमा सुवेदी लगायत ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको किसान महासंघले जनाएको छ ।

किसान महासंघको निर्वतमान अध्यक्ष गोपाल चुडालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा किसानको पक्षमा ,किसान महासंघ सम्वद्र्धन र संरक्षणमा योगदान पुराएका ४जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पूर्व प्रतिनिधि सभाका साँसद तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य तारा सम याङया,यज्ञ कडरिया र सीता दाहाललाई नेकपा एमालेका स्यायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेल र पार्टीको जिल्ला अध्यक्ष दिपक कार्कीले सम्मान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि खरेलले हरेक किसानले वाली लगाउनु पूर्व मलखाद पाउनु पर्ने पहिलो अधिकार भएको बताए ।

मलखाध लगातयको अधिकार पाउन सबै किसान एक जुट हुनपर्ने नेता खरेलले बताए । एमाले झापा अध्यक्ष कार्कीले सरकारवालाले बिकास भनेको पूर्वधार मात्र हो भन्ने साँघुरो बुझाइ रहेको कारण कृषि क्षेत्रको बिकास हुन नसकेको बताए ।

किसान महासंघका नेता बेनु शिवाकोटीले किसानको मुद्धा किसानले चासो नदिदा कृषि क्षेत्रको बिकासमा समस्या भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *