Sajhamanch Archive

बालसेवाको स्काउट दीक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुको सहयोग

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी  । शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयमा स्काउटको दिक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुबाट ५२ हजार सहयोग रहेको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रम गरी विद्यालयका २८ जना विद्यार्थीहरुलाइ दीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई ड्रेस व्यवस्थापनमा शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष भवानी बिक्रम चेम्जोङ र ८ नं अध्यक्ष सन्तफेवदेनले व्यक्तिगत रुपमा सहयोग गरेका छन् भने, आगामी दिनमा वडाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्काउट विद्यार्थीका लागि उद्योगी, व्यापारी, समाजसेवी शिक्षाप्रेमी, होटल व्यावसायी, युवा वर्ग र प्रअ तथा पूर्व प्रअको सहयोग रहेको शिक्षक सन्तोष खत्रीले जानकारी दिए ।

स्काउट ड्रेस व्यवस्थापमा विद्यालयका पुर्व विद्यार्थी खेमकुमार सम्वाहाम्फेको नेतृत्व र सहयोग स्काउट शिक्षक सन्तोष खत्रीको रहेको थियो ।

कार्यक्रमको आय व्यय विवरण केही दिनमा सार्वजनिक गर्ने बताइएको छ । नपुग रकम विद्यालयबाट खर्च गरिएको विद्यालयका प्रअ बेनुप्रसाद कार्कीले बताए । उनले स्काउटका विद्यार्थीहरुलाई हाइकिङ तथा विभिन्न गतिविधिहरु गरेर दीक्षान्त समारोह सफल बनाएकोमा विद्यालयका शिक्षक तथा सहयोग दाताहरुलाई धन्यवाद समेत दिए ।

विद्यार्थीहरुलाई धार्मिक तथा पर्यकटीय स्थल सताक्षीधाममा एक दिने हाईकिङमा सहभागी गराईएको थियो ।

दीक्षान्त समारोहमा सहयोग गर्ने दाताहरुको नामावली विद्यालयमा टाँस्ने र अभिलेख राख्ने बालसेवा आधारभूत विद्यालयले जनाएको छ।

शिवसताक्षी ९ दुधे स्थित एनी व्रान्डका प्रोप्राइटर सन्तोष थोप्राले विद्यालयमा अध्ययरत २५ जना विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गर्ने घोषणा गरेको शिक्षक सन्तोष खत्रीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *