रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश अधिवेशन सम्पन्न
Published: (Updated: )
by .इटहरी । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एमाले जनसंगठन रिटर्नी फेडेरसनको अधिवेशनले कोशी प्रदेश कमिटी अध्यक्षमा टिएन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धर्मेन्द्र खडका, रेखा रेग्मी, एकराज सापकोटा, सचिवमा बुद्दिराज लिम्बू , उप सचिवहरुमा ज्ञानमणी दाहाल, कोषाध्यक्षमा उमा सेडार्इ सर्वसम्मत चयन भएका हुन् सदस्यहरु कोशी प्रदेशका जिल्लाबाट रहनेगरी ४१ सदस्य रहने बताइएको छ ।
अधिवेशन नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष कमरेड तुलसी न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज कमरेड भरत शिवाकोटी, नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख कमरेड खेम नेपाली, नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा फेडेरेसन इन्चार्ज कमरेड त्रिवेणी चोङबाङ, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा इटहरी नगरपालिका पुर्व मेयर कमरेड सर्वध्यज सावाँ, सुनसरी जिल्ला कमिटी अध्यक्ष कमरेड रेवतिरमण भण्डारी फेडेरेसनका केन्द्रिय सल्लाहकार,महाधिवेशन आयोजक कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
अधिवेशन इटहरी स्थित होटल त्रियुगामा सम्पन्न भएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले नव निर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
Comments