Sajhamanch Archive

दूधेमा किसानहरुको आन्दोलन, अनुदान कटौतीको निर्णय तत्काल फिर्ता गर्न माग

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ ।

अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले झण्डा र प्लेकार्डसहित दूधे बजार परिक्रममा गरेर कोणसभा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ केन्द्रीय परिषद सदस्य धनबहादुर थेवेले नेपाललाई कृषिमा आत्मानिर्भर बनाउन किसानहरुले खेतमा गरेको संघर्षलाई लत्याउँदै अनुदान काटिनु विडम्बना भएको बताए । ‘एउटा किसानले उत्पादन गरेको बस्तुहरुको मूल्य अत्यन्त कम मात्रै उत्पादन गर्ने किसानले पाउँने गर्छ यस्तो अवस्थामा पनि सरकाले दिंदै आएको अनुदान काट्नु भनेको किसानलाई सिधै फाँसी दिनु सरह हो’ किसान नेता थेबेको आक्रोस थियो ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै नेपाल किसान महासंघ झापा जिल्ला कार्यसमिति सभापति राजेन्द्र भट्टराईले मलमा दिएको अनुदान काटेर सरकरले कुन क्षेत्रमा लगानी गर्यो भन्दै प्रतिप्रश्न गरे । उनले नेपालको पूर्व मेचीदेखि महाकालीसम्मका ७५ प्रतिशत कृषकलाई सरकारले अनुदान दिन सक्दैन भने त्यसको विरुद्ध किसानहरु एक भएर लाग्ने उद्घोष गरे ।

कोषणसभा बोल्ने अधिकांश बक्ताहरुले सरकारले मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *