Sajhamanch Archive

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई दुई दिवशीय तालिम दिइएको हो ।

शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.को प्राविधिक सहयोग दिइएको तालिमका आज समापन गरिएको हो ।

तालिम जनप्रतिनिधिहरुलाई काम गर्दै जाँदा आउने समस्याहरुका विषयहरुमा केन्द्रिरहेको थियो । त्यस्तै वडा सदस्यहरुको काम, कर्तव्य, अधिकार, वडा सदस्यहरुको आचारसंहिता, योजना छनोट लगायतको विषयमा तालिम दिइएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।

तालिमको समापनका क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले तालिममा लिइएको ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न वडा सदस्यहरुलाई सुझाइन । उनले जनप्रतिनिधि भएपछि जिम्मेवारी धेरै हुने र आफ्नो क्षेत्राधिकार र विनियमले तोकेको सीमा भित्र रहेर काम गर्नु पर्ने भएकाले यस्ता तालिमले धेरै सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।

तालिम पश्चात शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

तालिमको सहजीहरण विराज प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.का सहजकर्ता विजय तिम्सिनाले सहजीकरण गरेका थिए।

दुई दिवशीय तालिम शिवसताक्षी न.पा. ११ स्थित होटल हाजेनिकमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *