Sajhamanch Archive

दुई महिने सिलाई कटिङ्गको समापन

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुलाई दुई महिने सिलाई कटिङ्ग तालिमको आज समापन गरिएको छ ।

वडा नं. ३ का महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गरी प्रमाण पत्र वितरण गरिएको हो ।

तालिमका लिइएपछि सहभागीहरुले लुगा कपडा सिलाउन सक्ने भएका शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । तालिम लिइएका महिलाहरुले घरैमा बसेर पनि आय आर्जन गर्न सक्छन् । कार्यक्रम अधिकृत लामिछानेले भने, अघिल्लो आर्थिक वर्षमा तालिम लिइएका केही महिलाहरु आय आर्जन गर्न थालिसकेका छन् ।

तालिम समापनको क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न सुझाए । हामीले कामलाई कहिल्यै पनि सानो भनेर छोड्ने गर्नु हुँदैन उनले भने, सानो कामबाट आफ्नो क्षमता विकास गर्दै जाँदा केही समयपछि त्यहीबाटले ठूलो सफलता लिन सक्छ ।

तालिम वडा नं. ३ को ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको थियो भनेतालिममा ३३ जना महिलाहरुको सहभागी रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *