Sajhamanch Archive

शिवसताक्षीमा मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ ।

शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको हो ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले न्याय सम्पादनमा गर्न धेरै कठिन काम भएको बताए । नगरपालिका र वडाहरुमा धेरै प्रकृति मुद्धाहरु आउने र त्यसलाई मेलमिलापको नीति अनुसार मिलाएर लैजानु पर्ने भएकाले यस्तो काम सजिलो नभएको बताए । नगरपालिकाले न्याय सम्पादना चुस्तता ल्याउन सहयोग पुग्ने उद्देश्यले बेला बेलामा यस्ता तालिमहरुको आवश्यकता पर्ने गरेको उनको भनाई थियो ।

त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले शिवसताक्षीमो धेरै जसो श्रीमान् श्रीमतीको झगडा, लेनदेन र भुमाफियाका फन्दामा परेका मुद्धाहरु आउने बताइन् । उनले नगरपालिकाले कही कसैलाई अन्याय नपर्ने गरी न्याय सम्पादन गर्दै आएको जानकारी दिइन् । न्यायिक समितिले पहिलो प्रामिकतामा मेलमिलापको नीति अनुसार नै काम गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक नरमाया कार्की, कार्यक्रम अधिकृत महेश लामिछाने लगायतको उपस्थिति रहेको थियो । ५ दिवशीय तालिममा विराट प्राविधिक शिक्षा एव परामर्श प्रा.लि.बाट देवी कुमारी निरौलाको सहजीकरण रहने बताइएको छ। तालिम विराट परामर्श प्रालिको प्राविधिक सहयोग नगरपालिकाको आयोजनामा भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *