Sajhamanch Archive

शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद, विविधा by .

शिवसताक्षी । शिवसताक्षी भोली चैत्र ११ गतेदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल कप २०७९ सुरु हुने भएको हो ।

विभिन्न सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था गोर्खाली हर्टले नेपालले खेलकुदको माध्यामबाट युवाहरुलाई एकजुट बनाउने उद्देश्यले जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

जिल्लाका १६ क्रिकेट क्लबको सहभागीता आयोजक गोर्खाली हर्टले जनाएको छ। प्रतियोगिताका विजेता टिमले नगद ५० हजार उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिता भोली विहान १० बजे शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राद्वारा उद्घाटन हुने बताइएको छ। उद्घाटन खेलमा रतुवामाइ क्रिकेट क्लब र इस्टन बुलेट क्रिकेट क्लब खेल हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *