Sajhamanch Archive

टि- ट्वाण्टी छनौट : सिंगापुरकाे चाैथाे विकेट गयाे

Published: in खेलकुद by .

मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा नेपालले सिंगापुरकाे चाैथाे विकेट लिएकाे छ ।

११ अाै‌ अाेभरकाे दाेस्राे बलमा वसन्त रेग्मीले एस चन्द्रमोहनलार्इ व्यक्तिगत २५ रनमा अाउट गरेका हुन् ।

यसअघि वर्षाका कारण खेल केही समय रोकिएको  थियाे ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।

यतिखेर १२ अाेभरकाे समाप्तिमा सिंगापुर ४ विकेट गुमाउँदै ६४ रन बनाएर खेलिरहेकाे छ ।

बलिङतर्फ सोमपाल कामीले ३ ओभर बलिङ गर्दै २ विकेट लिएका छन् भने सन्दीप लामिछानेले र वसन्त रेग्मीले समान १-१ विकेट लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *