Sajhamanch Archive

शिवसताक्षीमा चार केन्द्रमा एस.ई.ई.परीक्षा, ८६७ जना विद्यार्थी सहभागी

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । विद्यार्थीका लागि आइरन गेटका रुपमा मानिने एस इ इ परीक्षामा शिवसताक्षीमा ८५७ जना विद्यार्थीहरु सहभागी भएका छन् ।

जसमा ४२८ छात्रा र ४२९ छात्रहरु सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिवसताक्षीमा भएको एस ई ई परीक्षामा ६ सामुदायिक र १५ संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् । नगरभरीमा एस इइका लागि ४ ओटा केन्द्र तोकिएको छ ।

जसमा जनआदर्श माविमा २४०, भगवती मा.वि.मा २६९, झिलझिले मा.विमा २१७ र राष्ट्रिय रमणीय आदर्श मा.वि.४२९ जना विद्यार्थीहरुले परीक्षा दिइरहेका शिवसताक्षी नगरपालिकाले जनाएको छ । परीक्षा चैत्र १७ गते २६ गतेसम्म सञ्चालन हुने छ भने, प्राविधिक धारतर्फ २९ गतेसम्म रहने बताइएको छ ।

शिवसताक्षीमा एस.ई.ई.परीक्षा शान्त र मर्यादित तवरले हुँदैः शिक्षा शाखा प्रमुख ढकाल

शिवसताक्षी नगरमा ४ केन्द्रमा भएको एस ईई परीक्षा मर्यादित भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

प्रत्येक दिन नगरका सबै परीक्षा केन्द्रहरुमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा सहितको टोलीले अनुगमन गरिरहेको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए । प्रमुख ढकालका अनुसार परीक्षा केन्द्रहरुमा शान्त र मर्यादित भएको विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

परीक्षा भएको पहिलो र दोस्रो दिन परीक्षा केन्द्रहरुबाट प्रश्न पत्र आउट हुने, बाहिरबाट उत्तरपुस्तिाका फ्याक्ने कुनै घटना भएको छैन । उनले भने, हामी परीक्षा अवधिभर नियमित अनुगमन गर्छौ । सबै परीक्षा केन्द्रहरुमा चारै तिर कम्पाउण्ड वाल भएकाले बाहिरबाट कुनै समस्या नरहेको उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *