Sajhamanch Archive

विर्तामोडमा लेखा तथा संस्था व्यवस्थापन सम्बन्धि तालिम सुरु

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ ।

विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गरेकी थिइन् ।

उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख प्रसाईले विषयगत ज्ञान बढाउनु पर्नेमा जोड दिइन् । सहभागीलाई तालिममा समर्पित भएर सिक्न आग्रह गर्दैउनले आ–आफ्नो ठाउँबाट सबैले चेतना स्तरलाई पनि बढाएर लैजानु पर्ने बताइन् ।

चैत्र २७ गतेसम्म सञ्चालन हुने यस तालिममा बिर्तामोड नगरपालिकामा दर्ता तथा सूचिकृत भएका सामाजिक संघ संस्थाका ३० जना प्रतिनिधि सहभागी छन् । सामुदायिक अध्ययन केन्द्रको संयोजनमा सुरु भएको तालिममा नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहाल, प्राध्यापक तथा गैर सरकारी संस्था महासंघका झापा सचिव विजय तिम्सिना लगायतले प्रशिक्षण प्रदान गर्नु हुने छ ।

सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, विराट बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, कार्यकारी प्रमुख रुद्र सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य अर्जुन पाठकले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *