Sajhamanch Archive

शिवसताक्षीमा २२ जना नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै पदस्थापन पत्र वितरण

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो ।

नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकाना दिदै पदस्थापनका पत्र प्रदान गरेको हो । आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकहरुलाई खादा, माला लगाए दिइएर बधाई दिइएको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, सामाजिक विकास संयोजक हर्क सिगु, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले उनीहरुलाई बाधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नगरप्रमुख थोप्राले परम्परागत शिक्षणलाई विस्तापित गराउँदै डिजिटल युगमा प्रवेश गरेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन नवनियुक्त शिक्षकहरुलाई सुझाए । शिक्षण पेशा एउटा यस्तो पेशा हो । जुन विद्यार्थीको भविष्यसँग जोडिएको हुन्छ। यहाँ पदस्थापन हुने शिक्षकहरुमा सबै युवा हुनुहुन्छ । त्यसैले पनि परिणाम मुखी शिक्षण सिकाईका लागि काम गर्न म आग्रह गर्दछु, उनले भने, ।

त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले विद्यार्थीहरुलाई रटाएर भन्दा बुझाएर शिक्षण गराउँदा प्रभावकारी हुने बताइन् । उनले शिक्षणका साथ साथै अतिक्ति क्रियाकलाप गराउँदै बाललिकाको अन्तिरनिहित क्षमताको विकास गर्दै शिक्षण गराउन नवनियुक्त शिक्षकहरुलाई सुझाव दिएकी थिइन् ।

त्यस्तै सामाजिक विकास संयोजक हर्क सिगुले अनुगमनका क्रममा कतिपय विद्यालयका विद्यार्थीहरुले परीक्षामा ९५ प्रतिशत ल्याएपनि, पाठ्यक्रममा भएका सामान्य कुराहरु पनि भन्न नसक्दा अचम्म लागेको बताए । विद्यार्थीहरुलाई पास मात्र गराउँने होइन । उसले जान्नु पनि पर्ने गरी शिक्षण गराउन सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरे ।

कार्यक्रममा ३ महिना अघि मावि तहमा पदस्थापन भएका २ शिक्षकलाई पनि स्वागत तथा बधाई दिएको  नगर शिक्षा शाखाले जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाललगायतले शुभकामना मन्त्व्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालको रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *