शिवसताक्षीले उचाल्यो झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि
Published: (Updated: )
by .शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो ।
उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै उपविजेता बनेको मेची नगर नगरपालिकाले ४० हजारमा चित्त बुझाउनु पर्यो ।
खेलको पहिलो हाफको १६औं मिनेटमा शिवसताक्षीको तर्फबाट जर्सी नं. १० का उमेश दनुवारले गोल गरेका थिए । त्यस्तै खेलको २० र २५औं मिनेटमा मेची नगरपालिकाका जर्सी नं. ७ रोजित अलीले गोल गर्दै खेल २ – १ गोल अन्तरमा रहयो ।
खेलको दोस्रो हाफको ३८ औं मिनेटमा शिवसताक्षीका तर्फबाट जर्सी नं. ७ का कुविरबहादुर योङहाङले गोल गर्न सफल भएपछि खेल बराबरीमा रहयो । त्यसै शिवसताक्षीकै तर्फबाट खेलको ४५औं मिनेटमा जर्सी नं. ६ का श्रवण मल्लिक र ५८औं मिनेटमा शिवसताक्षीका जर्सी नं. ११ का क्याप्टेन दिपक तामाङ्गले १-१ गोल गरेपछि मेची नगरपालिकासँग ४–२को गोल अन्तरले शिवसताक्षी अग्र स्थानमा रहयो । खेलको इन्जुरी समयमा मेची नगरपालिकाका क्याप्टेन विशाल जवेगुले एक गोल फर्काउन सफल भए ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्टाइगर मेचीनगरका रोजित अलि घोषित भए । उनिहरुले जनही नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।
मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।
प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका मेयर मेघहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार बितरण गरेका थिए ।
शिवसताक्षीले अन्तरपालिका फुटबल प्रतियोगितामा दोस्रो पटक उपाधि हासिल गरेको हो । २०७७ सालको अन्तरपालिका फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई हराउँदै शिवसताक्षीले उपाधि हात पारेको थियो ।
Comments