Sajhamanch Archive

दुधे बजार विकास समितिको अध्यक्षमा थोप्रा

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीमा रहेको दूधे बजारकामा सन्तोष थोप्राको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधेमा थोप्राको अध्यक्षमा ११ सदस्यीय बजार विकास समिती गठन भएको हो।

नयाँ गठित समितीमा उपाध्यक्षमा सुर्य प्रकाश योङया, कोषाध्यक्षमा मुना बिमली, सचिवमा नवराज घिमिरे, स–सचिवमा गोपाल नोयङ (जि.एन.), सदस्यमा मन्जिल नेपाल, शक्तिमान थाम्सुहाङ, सावित्रा लिम्बू, दाताराम बिष्ट, लीला माया तुम्बापो र सुरेन्द्र नाल्बो रहेका छन् ।

कार्यक्रममा पुर्वाध्यक्ष पदम प्रसाद जवेगु, डम्बर मैनाली जग्गादाता डिल्ली बिमली लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

आगामी ४ वर्षका लागि नयाँ समितिले बजार व्यवस्थापनमा उलेख्यनीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका नव नियुक्त अध्यक्ष थोप्राले बताए ।

कार्यक्रममा वडा नम्बर ९ र ११ का वडाअध्यक्ष र वडा सदस्य लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निवर्तमान सचीव बिनोद खरेलले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *