Sajhamanch Archive

नव वर्षको सुरुवातसँगै दूधे बजार सरसफाई

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको दूधेबजारमा नव वर्ष २०८० सुरुवात मै बजार सरसफाई गरिएको छ।

नव वर्षको अवसर पारेर नव गठित दूधे बजार विकास समितिले सरसफाई गरेको हो । बजार सरसफाईमा शिवसताक्षी नगरपालिका र सतासीधाम जेसीजले पनि सहकार्य गरेको दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

बजार विकास समितिले सरसफाई गरेको फोहोरलाई शिवसताक्षी नगरपालिकाको फोहोर बेक्ने गाडीमा लगेर फोहोर व्यवस्थापन गरिएको थियो । दुधे बजारव्यवस्थापन, सडक बत्तीको व्यवस्थापन गरेर बजार बेलुकी ८ बजेसम्म खुल्ला गर्ने दुधे बजार विकास समितिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *