सुन : लगाउन नजाने हुन्छ ठुलो दुर्भाग्य | हेर्नुहोस् सुनसँग जोडीएका रोचक तथ्यहरु
Published:
by .ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ ।
तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे ।
खुट्टामा सुन नलगाउनुहोस्ः
खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ ।
घरको यो दिशामा राख्नुहोस् सुनः
केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् ।
यसरी राख्नुहोस् सुनः
सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ ।
गर्भवतीले नलगाउनुस् सुनः
गर्भवती र वृद्धाले सुन धारण गर्नबाट बच्नुहोस् । थोरै लगाउन सक्नुहुन्छ तर धेरै लगाउनुहुन्छ भने समस्या सुरु हुनसक्छ ।
यदि सन्तान चाहिएः
सन्तान भइरहेको छैन भने देब्रे हातको साँहिली औंला (रिंग फिंगर) मा सुन लगाउनुहोस् । सुनले बिस्तारै आफ्नो असर देखाउँछ र सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ ।
सुन दानः
ज्योतिष अनुसार यो धातुको कारक वृहस्पती भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण, पुजारी वा गुरुलाई गर्नुहोस् । कुनै पनि अपरिचित वा अप्रिय व्यक्तिबाट सुन नलिनुहोस् ।
सुन भेट्टाउनु र हराउनुः
सुन भेट्टाउनु वा हराउनु पनि अशुभ मानिन्छ । सुनको वस्तु हराउँदा झगडा वा रोग लाग्ने गर्दछ । भेट्टाएको सुन घरमा राख्दा खर्च बढ्नेछ ।
दाम्पत्य जीवन खुसी बनाउनका लागिः
दाम्पत्य जीवनलाई खुसी बनाउनका लागि घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् ।
जो फलामको काम गर्छन्ः
जसले फलाम, कोइला वा शनि सम्बन्धि धातुको व्यापार गर्दछन्, उनीहरुले सुन लगाउनु हुँदैन । यसले व्यापार नोक्सान हुन्छ । सुन लगाउन आवश्यक छ भने आफ्नो कुण्डली अनुसार ज्योतिषीसँग सल्लाह लिएर लगाउनुहोस् ।
सुन र स्वास्थ्यः
सुनले ऊर्जा र गर्मी दुबै पैदा गर्दछ । यदि रुघा–खोकी वा साससम्बधि रोग छ भने कान्छी औंलामा सुन धारण गर्नुहोस् । सुनको पानी पिउँदा इम्युनिटी पावर बढ्छ ।
कम्मरमा सुन नलगाउनुहोस्ः
कम्मरमा सुन लगाउनु हुँदैन किनभने यसले तपाईंको पाचन तन्त्र खराब हुनसक्छ । साथै पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।
स्वास्थ्यका दृष्टिकोणले यस्ता व्यक्तिले सुन नलगाउनुहोस्ः
जसलाई पेट वा मोटोपनाको समस्या छ उनीहरुले सुन लगाउनु हुँदैन । जसलाई अत्यधिक रिस उठ्छ, त्यस्ता मानिसहरुले पनि सुन लगाउनु हुँदैन ।
कहिले पनि हुँदैन अपवित्रः
सुन कहिले पनि अपवित्र हुँदैन । श्मसान, सूतक वा कुनै प्रकारले अपवित्र भएका व्यक्ति सुन लगाउँदा वा सुन पानी आफूमाथि छर्कंदा पवित्र हुने गर्दछ ।
Comments