Sajhamanch Archive

धार्मिक क्षेत्र सताक्षीधाममा ८७ केजीको घण्टी उपहार

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् ।

शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत याक्थुम्बाले सताक्षीधामको दिवगेश्वर महादेवको मन्दिरको गेटमा आकर्षक स्तम्भ बनाई घण्टी राखिदिएका हुन् ।

आज उक्त घन्टीको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले अनावरण गरेका छन् । आजै नै सताक्षीधाम पर्यटन विकास समितिलाई उक्त घण्टी हस्तान्तरण गरिएको हो ।

घण्टीसँगै घण्टीको माथिल्लो भागमा दुई वटा मयुर र ११ फिटको त्रिशुल समेत जेवी याक्थुङ्गले बनाईदिका छन् । आफु धेरै वर्ष विदेशमा बसेर समाजका लागि केही गरौ भन्ने भावका साथ धार्मिक क्षेत्रमा करिब ५ लाख बराबरको घन्टी सहितको संरचाना बनाएर पर्यटन विकास समितिलाई हस्तान्तरण गरेको स्वयम जेवी याक्थुङ्गले बताए ।

घण्टी अनावरणको क्रममा बोल्दै नगरप्रमुख थोप्राले यस धार्मिक क्षेत्रमा विश्वमा स्थापित गर्न नगरपालिकाको तर्पmबाट थुप्रै काम भएको बताए । धार्मिक क्षेत्रको विकासका सबैको सहयोगले मात्र हुने र आजसम्म जे काम भएको छ । यो सबैको साथ र सहयोगको प्रतिफल रहेको नगरप्रमुख थोप्राले बताए । यस क्षेत्रको थप विकासलागि विभिन्न योजनाहरु आगामी आर्थिक वर्षममा समेट्ने गरी केन्द्रीय सरकारसम्म पुर्याउने काम भएको छ । उनले भने, हामी जसरी भएपनि शिवसताक्षीधाम त्रिधामको विकासका लागि लागि परेका छौ । उनले हङ्गकङमा रहेर पनि यस क्षेत्रको विकास टेवा पु¥याउनु हुने जवी याक्थुम्बालाई विशेष धन्यवाद दिएका थिए ।

सताक्षीधाम पर्यटन विकास समितिले आफ्नो कार्यालयको पनि आजै उद्घाटन गरेको नगरप्रमुख थोप्राले उक्त कार्यालयको उद्घाटन गरेको पर्यटन विकास समितिका सचिव कालीप्रसाद रिजालले बताए । सताक्षीधामको समितिले आज सम्म एउटा कार्यालय स्थापना गर्न सकेको थिएन । सचिव रिजालले भने नयाँ समितिले छोटो समयमा धेरै काम गरेको छ । हाल सताक्षीधामको दिगम्बेशर महादेवको मन्दिरको गजुर निर्माणको काम भइरहेको सचिव रिजालले बताए ।

सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमले धार्मिक क्षेत्रलाई अधिक रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने गरी काम गर्दै आएको बताए । हामीले टिम बनाएर काम गरेका छौ । उनले मनकारी जेवी याक्थुम्बालाई टाडाबाट आएर पनि आफ्नो ठाउँको लागि गर्नु भएको योगदान प्रति हार्दिक आभार तथा धन्यावाद दिएका थिए ।

कार्यक्रममा गोलोक गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक नन्दकिशोर भारद्वाज लगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *