Sajhamanch Archive

बिराटनगरमा रेल ल्याउने अन्तिम तयारी यस्तो

Published: in विविधा by .

बिराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म यही महिनाभित्रै रेल आउने भएको छ ।

रेल सञ्चालन हुने भएपछि व्यवसायी र स्थानीयवासी उत्साहित भएका छन् । तर, कटहरीसम्मै रेल्वे सञ्चालनका लागि भने मुआब्जा विवादका कारण केही ढिला हुने देखिएको छ ।

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वे खण्डमा पहिलो पल्ट रेल परीक्षण गरिँदैछ ।

जसमा भारततर्फ ५ किलोमिटर र नेपालतर्फ ३ किलोमिटर रहेको छ ।

बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे खण्डको काम ९५ प्रतिशत पुरा भएकाले परिक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी रहेको भारतीय निर्माण कम्पनी इकोर्नले जनाएको छ ।

यता नेपालतर्फ मुआव्जाको विवादका बीच पनि रेल्वे निर्माणको कामलाई अगाडी बढाएकोले पहिलो चरणमा बथनाहदेखि बुधनगरसम्म रेल आउने कार्य अघि बढेको नेपालस्थित रेल बिभागका महानिर्देशक बलराम मिश्र बताउँछन् ।

भारतको कोलकत्ताबाट नेपाल जोडने सिधा रेलमार्ग नहु्दा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायी पनि सामान आयातमा सहज हुने भएकोले उत्साहित छन् ।

यद्यपि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर मध्ये  ८ किलोमिटरको काम पुरा भए पनि बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन भने अलि गम्भीर हुनैपर्छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *