Sajhamanch Archive

शिवसताक्षीका किसानलाई सिचाईको मोटर वितरण सुरु, छनोटमा परेका ३ सयलाई वितरण गर्ने

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले साना किसानहरुलाई मोटर वितरण गर्न सुरु गरेको छ । नगरपालिका कृषि शाखामा मोटर माग भएका निवेदनहरुबाट छनोटमा परेका ३ सय जनालाई वितरण गर्न सुरु गरिएको हो ।

आज नगरपालिका कार्यालयबाट दुई जना किसानलाई मोटर वितरण गरिएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ।
साना किसानहरुको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सिचाईको लागि मोटर र पाइप समेत वितरण गर्न सुरु गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले प्रदेश सरकारबाट १ करोड र स्थानीय तहको २० लाख गरी १ करोड २० लाखको लागतमा मोटर वितरण सुरु गरिएको बताए । जसमा किसानबाट २५ प्रतिशत नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा मोटर वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सिचाईको बोरिङ्ग नभएका स्थानमा ३० फुट पाइप सहित वितरण गरिएको बताइएको छ।

सिचाईको मोटर प्राप्त गर्न नगरपालिकाले निकाले सार्वजनिक सुचनाको आधारमा वडा कार्यालय सिफारिस, ४ देखि ५ विगाह क्षेत्रफल भएको धनी पुजा सहितको कागजात पेश गरेपछि छनोटका आधार मोटर वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए । उनका अनुसार छनोटमा परेका किसानहरुलाई सिचाईको मोटर सहित त्यसमा आवश्यक पाइप बैशाख १५ गतेभित्र वितरण गरिसक्ने लक्ष्य लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *