Sajhamanch Archive

भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा ९ सदस्यीय कार्य समिति चयन भएको हो।

जसको उपाध्यक्षमा कृष्ण दुलाल, कोषाध्यक्षमा दीपा रिजाल, सचिवमा डिलेन्द्र अधिकारी, सह सचिवमा विन्दा रिजाल, सदस्यहरुमा राजन चापागाईँ, शुकविर लिम्बु, रमेश संग्रौला रहेको छन् । त्यस्तै अधिवेशनले तीन सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ ।

सल्लाहकार समितिको संयोजकमा भीम बहादुर बस्नेत, सदस्यहरुमा नारायण बाँस्कोट र भुमिका रिजाल रहेकी भिमेश्वर शिवालय मन्दिर विकास समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *