Sajhamanch Archive

सुमितलाई जिताउन कसिए झापाली

Published: (Updated: ) in टिप्स/जानकारी by .

सुरुङ्गा । नेपाल आइडलको सिजन २ का प्रतिश्पर्धी सुमित पाठकलाई जिताउन अभियान सुरु भएको छ ।

झापा सुरुङ्गा निवासी सुमित अडिसन राउण्डदेखि नै दर्शकको मन जित्न सफल भएसँगै उनलाई जिताउन झापाली लागि परेका छन् ।

झापाका युवा समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा सुमित पाठक जिताऊ अभियान गठन गरिएको छ ।

सुमितको विजयका लागि अन्तरााष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिनेशकुमार पोखरेल, वरिष्ठ ज्योतिष सन्तोष वशिष्ठ, चर्चित हेयर स्टाइलिष्ट निलडेबिड कटुवाल, चर्चित संगीतकार बसन्त सापकोटा, चलचित्र निर्माता राजेश घतानी, हास्य कलाकार विल्सनविक्रम राई लगायतका व्यक्तित्वहरु लागीपरेका छन् ।

नेपालीहरुको बसोबास रहेको जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, भारत, युएई, जर्मनी, अष्ट्रेलिया, इजरायल, कतार लगायतका देशहरुमा समेत सुमित पाठकलाई जिताउनका लागि समितिहरु निर्माण भएका छन् ।

सुमित पाठकलाई जिताउन गठन भएका सबै अभियान तथा उपसमितिहरुलाई संयोजन गर्ने मुख्य अभियन्ता सुनिल भेटवालले हाल टप टेनमा परेका सुमितले हालसम्म पनि प्रतिष्पर्र्धीहरुमध्ये सबैभन्दा बढी भोट ल्याइरहेको बताए । उनले यही क्रममा अघि बढ्ने हो भने सुमित नेपाल आइडल हुने विश्वास व्यक्त गरे ।

प्रतिश्पर्धी पाठक ¥याप, पप, रक, लोक, शास्त्रीय, गजल सबै विधामा उत्तिकै सहजताका साथ गाउन सक्ने भएकाले झापा बासी उनलाई जिताउन लागी परेको छ ।

सुमितलाई जिताउन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सबैसँग अपिल गरेका छन् । झापाको सुरुङ्गामा भएको सुमित पाठक जिताउ अभियानको कार्यक्रममा बोल्दै मेयर पोखरेलले सुमित सबै कनकाई नगरवासी र झापावासीकै शान भएकाले उनलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । पोखरेलले सुमितले कनकाई नगर र झापाको नाम उच्च राख्नेमा आफू आशावादी रहेको बताए । उनले सुमित झापाली माटोका उत्पादन भएकाले उनलाई विजय गराउनु सबै झापावासीको दायित्व हुने बताए । सुमित अब मुलुककै सम्पत्ति भएको पोखरेलका भनाई थियो ।

सुमितका पिता, कनकाई माविका पूर्व संगीत शिक्षक तथा संगीत साधक धुब्रप्रसाद पाठकले सुमित आफ्नो मात्रै छोरा नभएर सारा झापावासी, पूर्वाञ्चलवासी र संगीतप्रेमीहरुको छोरो भएको बताए । उनले आफू र आफ्नो परिवार निरन्तर संगीतमार्फत देश र समाजका लागि जीवनभर समाज र देशकै भलोमा लागीरहेका र लागीरहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल आइडल देशकै ठूलो कार्यक्रम भएकोले यसमा आफ्नो मात्रै क्षमताले केही नहुने भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे ।

विद्यार्थी जीवनमै सुमित धेरै स्टेज कार्यक्रममा कर्णप्रिय आवाजमा आफ्नो प्रस्तुति राखेर झापालीको मन जितिसेका थिए । सानैदेखि मन छुने गीतहरु गाउने सुमित भविष्यमा एक होनहार गायक बन्नेमा संगीतका पारखीहरु धेरै अघि देखि नै आशावादी थिए । सांगीतिक आकाशका उदीयमान ताराको रुपमा सुमितको नाम लेख्न झापा बासी लागि परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *