Sajhamanch Archive

शिवसताक्षीमा ३४ वर्ष पछि पुनः लाग्न थाल्यो आइतबारे हाट बजार

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी ०९ पर्ने आइतबारेमा ३४ वर्ष पछि आइतबारे हाट पुन लाग्न सुरु गरेको छ । आइतबारेमा २०४२ सालमा बजार स्थापना गरी हाट सञ्चालनमा आएको थियो ।

वि.सं. २०४६ सालमा विवित कारण हाट बजार लाग्न सकेको थिएन । आजबाट सञ्चालनमा आएको आइतबारे हाटको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । ३४ वर्ष पछि पनि बजारमा व्यापारी उत्साही भएर आएको आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले जानकारी दिए।

बजार उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले स्थानीय स्थतरमा हाट बजार लगाउँदा सकेसम्म स्थानीय उत्पादनलाई नै विक्री वितरण गर्न सुझाए । लामो समय पछि बजार सञ्चालनमा आएको छ । उनले भने, अब यसलाई निरन्तरता दिनु पर्छ । शिवसताक्षी नगरपालिकाको वडा नं. ९ मा कुनै पनि हार्टबजारले छोएको थिएन । गाउँको बीच भागमा हार्ट सञ्चालनमा आएको छ । यसलाई यहाँका यहाँको नागरिकको जीवन स्तर उकास्न टेवा पुग्ने नगरप्रमुख थोप्राको भनाई थियो ।

त्यस्तै वडाध्यक्ष डिल्ली लाल फेम्बुले शिवसाक्षीको ९ नम्बर वडामा हाटबजार भएको हुँदा यसलाई आइतबारे बजार वडाको गहानाको रुपमा भएको सुचारु गरिएको बताए । उले हालसम्म बजार क्षेत्रका जग्गाहरु व्यक्तिको नाममा थियो त्यस कारण पनि यस अघि बजार सञ्चालन गर्न समस्या परेको जानकारी दिए । बजार क्षेत्रको जग्गा नगरपालिकाको नाममा सार्ने प्रकृया सुरु भएसँगै यता हाट बजार लगाउन सुरु गरिएको हो ।
कार्यक्रममा २०४२ सालमा आइतबारे बजारलाई निशुल्क जग्गा प्रदान गर्नु हुनेलाई सम्मान गरिएको थियो । जग्गा दाता ६ जना सम्मान पत्र तथा खादा लगाईदिएर सम्मान गरिएको आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जनयनारण पौडेलले जानकारी दिए।


यस्तै २ जना जग्गादातालाई मरोमरान्त सम्मान गरिएको थियो । कार्यक्रम पश्चात नगरप्रमुख थोप्राले सबै व्यापारीहरुलाई सम्मान गर्दै खादा तथा माला लगाईदिएका थिए । आज मात्रै आइतबारे बजारमा ५० बढी पसल लागाइएको बताईएको छ।

कार्यक्रममा आधिकांश बक्ताहरुले आइतबारे बजारलाई ढिलै भएपनि लगाएरर राम्रो काम गरिएको बताए । उनीहरुले बजारलाई निरन्तरता दिनका लागि सबैले आ आफ्नो ठाँउबाट सहयोगको आवश्यक रहेको जानकारी दिए।

कार्यक्रममा आइतबारे बजारको औचित्य माथि आइतबारे बजार व्यवस्थापनका अध्यक्ष जयनारायण पौडेलले जानकारी दिए । बजार उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय स्तरका कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *