Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाले वैदेशिक रोेजगारीका लागि पहिलो श्रमस्वीकृति प्रमाण पत्र प्रदान गर्यो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् ।

नगरप्रमुख थोप्राले श्रम स्वीकृति स्थानीयतहबाटै गर्न थालेपछि बैदेशिक रोजगारीमा जानेहरुलाई विराटनगर र काठमाण्डौ सम्म जाने झन्झटको अन्त्य भएको बताए । उनले नगरपालिकाले रोजगार सेवा केन्द्र श्रमस्वीकृतिका लागि काम गर्न थालेको बताए ।

नगरपालिकाको रोजगार शाखाले बैदेशिक रोजगारीको कल्याण कारी सेवा पनि प्रदान गर्न थालिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनले हालसम्म नगरपालिकाबाट १० जनाले श्रमका लागि फारम भरेका छन् भने, ३ जनाले प्रमाण पत्र प्राप्त गरिसकेको जानकारी दिए ।

बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *